arrow

ओलीलाई मिनेन्द्रले भने- हामीसँग कुण्ठा किन पोख्नुहुन्छ ?

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ १३ शुक्रबार
minndra-rijal.jpg

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले आफूहरूसँग कुण्ठा नपोख्न नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई आग्रह गरेका छन् । शुक्रवार बसेको प्रतिनिधि सभाको बैठकमा नेता रिजालले यस्तो आग्रह गरेका हुन् । 

उनले नेकपा फुटेको तर्फ इङ्गित गर्दै भने ,'हामीले भन्यौ एमालेले ८० सिट जित्यो । हामीले भन्यौ बाम गठबन्धनले ११६ सिट जित्यो । सरकार बन्यो टिकाउन सक्नुभएन । हामीले गरेर हो त ? जसको बुई चढेर चुनावमा सफलता प्राप्त गर्नुभयो उनलाई सम्मान गर्न नसकेपछि के पो टिक्थ्यो । आफ्नै पार्टी टिकाउन सक्नुभएन अनि हामीलाई भन्नुहुन्छ । त्यो हामीलाई भनी रहनु परेन ।' 

नेता रिजालले कुण्ठा नपोखी हार स्विकार्न सुझाव दिए,' कम से कम आफ्नो अनुहार आफ्नो रूप हेरे हुन्छ । किन कुण्ठा हामीसँग पोख्नुहुन्छ । हाम्रा कारणले केही भएको होइन । कुण्ठा नपोख्नुस् यसपालिको हारलाई पनि स्वीकार गर्नुस् न ।' 

उनले भने,' यस पालिको स्थानीय निर्वाचनमा कांग्रेसले ३२८ पालिका २६५८ वडाको नेतृत्व गर्छ । त्यसो भएर केही दुख भएकै होला । त्यसैले आफुले आफूलाई हेर्नुस् कता बदल्ने हो टुङ्गो लगाउनुस् । लोकप्रियको आधारलाई मान्ने भए पनि वडाध्यक्षमा पाएको मत मान हो । कांग्रेसले ३४. ३ प्रतिशत मत पाएको छ । तपाईँको पार्टीले ३३ पाएको हो ।' 

उनले पुराना साथीहरूसँग मिलेर जान आग्रह गरे । 'पुराना साथीसँग मिलेर जाऔँ । साथीहरूसँग कुण्ठा बिर्सनुस् ।' 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ