arrow

आज १२ संक्रमित थपिए, १३ जना निको भए

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ १३ शुक्रबार
corona-virus-covid-19.jpg

काठमाडौं । कोरोना भाइरसको संक्रमण १२ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सार्वजनिक गरेको बुलेटिनअनुसार पछिल्लो २४ घण्टामा तीन हजार ३८७ मा कोरोना परीक्षण गर्दा १२ जनामा मात्र संक्रमण देखिएको छ । 

मन्त्रालयका अनुसार सक्रिय संक्रमितको सङ्ख्या १२४ रहेको छ । विगत २४ घण्टामा १३ जना कोरोनाबाट निको भएर घर फर्किएका छन् । 

योसँगै निको हुनेको सङ्ख्या नौ लाख ६७ हजार ३७ पुगेको छ । निको हुने दर ९८.८ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

आज संक्रमणबाट कसैको पनि निधन भएको छैन । शून्य संक्रमित हुने ३० जिल्ला पुगेका छन् । नेपालमा संक्रमण दर १७.२ प्रतिशत छ । 

नेपालमा प्रति दश लाखमा ३९३.४ को निधन भएको छ । आज ६६ हजार १८१ ले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । 

अहिलेसम्म होम आइसोलेसनमा १२३, संस्थागत आइसोलेसनमा एक र सघन उपचार कक्ष (आइसियु)मा एक जनाको उपचार भइरहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ