arrow

इच्छाकामनामा सुक्खा पहिरो, नारायणगढ–मुग्लिन सडक अवरुद्ध

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ १४ शनिबार
narayanghad-mugling-pahiro.jpg
तस्बिर– फाइल

चितवन । नारायणगढ–मुग्लिन सडकखण्ड पहिरोले अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका–६ नाम्दीखोला नजिकै शनिबार साँझ ५ः३० बजेको समयमा सुक्खा पहिरो खसेर सडक अवरुद्ध भएको हो ।

जिल्ला प्रहरी कार्यालयका अनुसार पहिरोमा परी एक जना घाइते भएका छन् । बोलेरोमा सवार एक व्यक्ति घाइते भएको प्रहरीले जनाएको छ । 

घाइतेलाई उपचारका लागि भरतपुरतर्फ ल्याइएको छ । पहिरो पन्छाउने काम शुरु भएको र केही समयपछि सडक नियमित गर्ने प्रहरीको भनाइ छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ