arrow

रुसबाट चीनमा कोइला आयात अप्रिलमा ४९ प्रतिशतले बढ्यो

logo
एजेन्सी,
प्रकाशित २०७९ जेठ १५ आइतबार
coal-production-china-russia.jpg

मस्को। चीनमा रुसी धातुकर्म कोइलाको ढुवानी एक महिना अघिको तुलनामा अप्रिलमा लगभग ४९ प्रतिशतले बढेको स्पुतनिक कमोडिटी एनालिटिक्स फर्म केप्लरले जनाएको छ। 

छिमेकी युक्रेनमा जारी द्वन्द्वलाई लिएर युरोपेली बजारहरू बन्द भइरहेकाले कोइलाको ढुवानी रुसले चीनतर्फ बढाएको हो। 

यसबाहेक,कार्गो-ट्र्याकिङ डेटा अनुसार चीनले गत महिना १.३७ मिलियन टन रुसी कोकिङ कोल आयात गरेको थियो। जुन गत वर्षको तुलनामा निकै बढी हो। गत वर्ष अप्रिलमा ७ लाख ५० हजार टन थियो भने यस वर्षको मार्चमा  मार्चमा ९ लाख २२  टन निर्यात भएको छ। 

मस्कोस्थित रेटिङ एजेन्सी एसीआरएमा कर्पोरेट रेटिंग्सका निर्देशक इल्या मकारोभले एसियाली परिवर्तनले रुसको रेल भाडा क्षमतामा दबाब दिइरहेको र एसियाली बजारमा कोइलाको मूल्य घटाउने जोखिममा रहेको चेतावनी दिए।

रुसबाट ग्यास, कोइला र तेल र सस्तो गहुँको रूपमा सस्तो ऊर्जाको प्रलोभनले प्रतिबन्धको डरभन्दा धेरै छ। किनभने चीनले रुससँग सकेसम्म सम्झौता गर्ने निर्णय गरेको छ।

चीनले युक्रेनमा रुसको आक्रमणको पूरा फाइदा उठाएको मस्कोले स्टिल मिलहरूमा प्रयोग हुने कोकिङ कोलमा प्रस्ताव गरेको ठूलो छुट हडपेको जनाइएको छ। जापान र युरोपेली सङ्घले आयातमा रोक लगाएका छन् र रुसी कम्पनीहरूले खरीदारहरूको खोजी तीव्र बनाएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ