arrow

साढे तेह्र हजार परिवारले पाए नगद सहायता

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ १५ आइतबार
afgan-pak.png

काबुल । अफगानिस्तानको पूर्वी प्रान्त लोगारमा १३ हजार ४९२ परिवारले नगद सहायता प्राप्त गरेको देशको विपद् व्यवस्थापन तथा मानवीय मामिला राज्यमन्त्रीको कार्यालयले आइतबार जनाएको छ ।

प्रान्तीय राजधानी पुल-ए-आलम, मोहम्मद आगा र बारकी बराकका उपनगरीय जिल्लाहरूमा प्रत्येक परिवारले ७ हजार ५०० अफगानीस्  (लगभग ८५ अमेरिकी डलर) प्राप्त गरेको जनाइएको छ । 

ती परिवारलाई शनिबार गरिएको उक्त नगद सहयोग दोस्रो चरणको भएको स्रोतले जनाएको छ । यसअघि यिनै परिवारले नै पहिलो चरणको नगद साहायता पाएका थिए । 

साथै, पश्चिमी हेरात प्रान्तमा १०० बाढी प्रभावित परिवारहरूलाइ प्रान्तीय विपद् व्यवस्थापन अधिकारीहरूले खाद्य सहायता वितरण गरेको पनि विपद् व्यवस्थापन निकायले जानकारी दिएको छ । 

प्रान्तीय अधिकारी र स्थानीय सहायता एजेन्सीका सदस्यहरूद्वारा संयुक्त रूपमा सर्वेक्षणबाट परिवारको पहिचान गरेका बताइएको छ । 

दुर्गम प्रान्तहरुमा खाँचोमा परिवारका सदस्यहरूलाई मानवीय सहायता उपलब्ध गराइने पनि सो निकायले जानकारी गराएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ