arrow

भारत र चीनलाई जोड्ने सबैभन्दा छोटो तमोर कोरिडोर बन्ने

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ १७ मंगलबार
tamor-karidor.jpg

फुङ्लिङ । सरकारले राष्ट्रिय गौरवको आयोजना तमोर कोरिडोरका लागि आवश्यक बजेट विनियोजन गरेको छ । आइतबार अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षका लागि सार्वजनिक गरेको बजेटमा उक्त करिडोरका लागि प्राथमिकतामा राखी आवश्यक रकमको व्यवस्था गरिएको हो ।
 
चीन र भारतलाई जोड्न कोरिडोर नेपालको अन्तिम बस्ती तथा चीनको सीमावर्ती क्षेत्र ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका-७ ओलाङचुङगोलामा अहिले कोरिडोरको अन्तिम ट्र्याक खोल्ने काम भइरहेको एलाइट निर्माण कम्पनीका प्रतिनिधि राजीव लामिछानेले बताए । 

चीन र नेपालको टिप्ताला नाकादेखि ओलाङचुङगोला हँुदै गैरी पाटीसम्म ३५ किलोमिटर लमो ट्र्याक चीनको निर्माण कम्पानीले दुई वर्ष अगाडिनै खोलिसकेको छ । सुनसरी जिल्लाको चतारादेखि धनकुटाको मूलघाट, तेह्रथुम, पाँचथर र ताप्लेजुङ जिल्लाको फक्ताङलुङ-७ ओलाङचुङगोलाको मगावामा अहिले ट्र्याक खोल्ने काम भइरहेको छ ।
 
उत्तर दक्षिण लोक सडक आयोजनाका सूचना अधिकारी माधव पौडेलका अनुसार भारतको जोगवनीहुँदै कोरिडोरले १ नम्बर प्रदेशको राजधानी विराटनागर क्षेत्रबाट भारत र चीनसँग सडक सञ्जालनले जोड्ने जोडने भएको छ । सुनसरीको चतारादेखि ओलाङचुङगोलासम्म २३० किलोमिटर र ओलाङचुङगोलादेखि टिप्ताला नाकासम्म २४ किलोमिटर दूरी छ । 

तमोर कोरिडोर जम्मा २५४ किलोमिटर दूरीमा पर्दछ । प्रदेश नं १ को राजधानी विराटनगरको नाका भारतको जोगबनीदेखि ६० किलोमिटरमा सुनसरीको चोतारा पर्दछ । तीनसय चौध किलोमिटरले मित्रराष्ट्र भारत र चीन प्रत्यक्ष सडक सञ्चालनले जोड्ने कोरिडोरका लागि सरकारले आवश्यक बजेट विनियोजन गरेको हो । 

धनकुटाको मूलघाटबाट खन्न सुरु गरिएको यो सडक ताप्लेजुङ हुँदै नेपाल चीन सिमाना ओलाङचुङगोलासम्ममा अहिले ट्र्याक खोल्ने काम भइरहेको फक्ताङलुङ गाउँपालिका-७ का वडाध्यक्ष छेतेन लामाले बताए । तमोर कोरिडोर निर्माणका लागि तीनवटा ब्लकमा धनकुटा, पाँचथर र ताप्लेजुङबाट निर्माण अघि बढाइएको थियो । 

सबै ब्लकको पहिलो ट्र्याक खुलाइएको थियो । अहिले ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाको गोलाङचुङगोको सुकेपानीदेखि गैरीपटीसम्मको दुई किलोमिटरको काम मात्र बाँकी रहेको सूचना अधिकारी पौडेलले बताए ।

 करिब १८० किलोमिटर लम्बाइको यो सडक धनकुटाको साँगुरीगढी गाउँपालिका-२ देखि पाँचथरको लुबुघाट माझीटार ताप्लेजुङ छिचोलेर ओलाङचुङगोला हुँदै नेपाल र चीनको नाका टिप्तालासम्म पुग्ने छ ।

 यो सडकखण्डमा विभिन्न आकारका १० वटा पुल निर्माण हुने क्रममा रहेको ओयोजनाले जनाएको छ ।  
तमोर कोरिडोर विसं २०६५ मा सडक उपभोक्ता समिति गठन गरी निर्माण सुरु गरिएको थियो । विसं २०६७ मा यो सडकलाई राष्ट्रिय गौरवको प्राथमिकता प्राप्त आयोजना घोषित गरी निर्माण अघि बढाइएको हो । 

भारत र चीनलाई जोड्ने सबैभन्दा छोटो सडकका रूपमा तमोर कोरिडोरलाई विकास गर्न लागिएको बताइएको छ । यो सडक निर्माण भएपछि भारततर्फ जोगवनी नाका र चीनतर्फ तिब्बतस्थित रियु व्यापारिक केन्द्रसँग नेपाल जोडिने छ ।रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ