arrow

जहाज दुर्घटनाप्रति होटल सङ्घद्वारा दुःख व्यक्त

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ १७ मंगलबार
tara-air-crash-2079-02-15.jpg

पोखरा । पोखरा-जोमसोम उडानको क्रममा यही जेठ १५ गते भएको तारा एयरको जहाज दुर्घटनाप्रति होटल सङ्घ पोखरा नेपालले दुःख व्यक्त गरेको छ । सङ्घका अध्यक्ष लक्ष्मण सुवेदीले मङ्गलवार एक शोक विज्ञप्ति जारी गरी दुर्घटनाको क्रममा यात्रु र चालक दलका सदस्य सहित ज्यान गुमाएका २२ जनाप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै शोकशन्तप्त परिवारजनमा हार्दिक समवेदना प्रकट गरेका छन् ।

तारा एयरको नाइनएन-एईटी कल साइन भएको ट्विनअटर विमान पोखरा विमानस्थलबाट बिहान ९:५५ बजे उडान भरेको १२ मिनटपछि मुस्ताङको थसाङ गाउँपालिका-२ मानापाथी हिमालको फेदीमा दुर्घटनाग्रस्त हुँदा विमानमा सवार सबैको घटनास्थलमा नै निधन भएको नेपाल नागरिक उड्डयन प्राधिकरण खोज तथा उद्धार समन्वय केन्द्रले जनाएको छ ।

सङ्घको विज्ञप्तिमा भनिएको छ, ‘यस प्रकारको हवाई दुर्घटनाले नेपालको हवाई सेवाको विश्वसनीयता माथि प्रश्न उठ्न सक्ने मात्र नभई पर्यटकीय गतिविधिमा समेत नकारात्मक असर पर्न सक्छ । अतः जहाजको प्राविधिक तथा मौसमको अवस्थाबारे विशेष ख्याल गर्दै हवाई सेवालाई सुरक्षित र भरपर्दो बनाउनेतर्फ सम्बन्धित सबैको ध्यानाकर्षण गराउन चाहन्छौँ ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ