गाजिएन्टेप । टर्कीको गाजिएन्टेप सहरमा एउटा विवाह समारोहनजिक गराइएको आत्मघाती विष्फोटमा कम्तीमा ३० जनाको मृत्यु भएको छ ।
विवाह समारोह चलेको स्थाननजिकै गराइएको विष्फोटमा ९४ जना घाइते भएका छन् । स्थानीय सरकारले यसलाई आतंकवादी आक्रमण भएको जनाएको छ ।
घटनास्थल सिरियाको सीमादेखि करीब ६४ किलोमिटर टाढा रहेको छ । यो सहरमा मुख्य गरी कुर्दिस रहने गर्दछन् ।
यसअघि गत मे मा गराइएको आत्मघाती आक्रमणमा दुई प्रहरी मारिएका थिए । उपप्रधानमन्त्री मेहमेत सिम्सेकले आततायी घटना भए पनि भगवानले यसलाई नियन्त्रण गर्न आफूलाई शक्ति दिने बताए ।