arrow

'विपक्षीलाई गाली गर्ने सिप पनि नभएको भए सत्ता पक्षको वाक्य बस्थ्यो'

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ १८ बुधबार
bhanubhakta-dhakals.PNG

काठमाडौं ।   सत्तापक्ष र विपक्षी बीच बजेटलाई लिएर आरोपप्र‍त्यारोप चलिरहेको छ । 

यसैबीच नेकपा एमालेका सांसद भानुभक्त ढकालले विपक्षीलाई गाली नगर्ने सिप पनि नभएको भए सत्ता पक्षको वाक्य बस्थ्यो भनेर टिप्पणी गरेका छन् । 

प्रतिनिधि सभामा आर्थिक वर्ष ०७९ ८० को बजेटमाथि छलफलमा भाग लिँदै पूर्वमन्त्री  ढकालले यस्तो बताएका हुन् । 

बुधवार  बजेटमाथि छलफलमा उनले भने,' यो बजेट माथिको छलफल भन्दा पनि सत्ता पक्षका माननीय ज्यूहरूको योग्यता हेर्दा  विपक्षीलाई गाली नगर्ने सिप पनि वहाँहरूसँग  नभएको भए सायद वाक्य बस्थ्यो कि जस्तो अनुभूति मैले गरेको छु । र सबै छलफलहरू उही दिशा माथि केन्द्रित भएर अघि बढेका छन् । '

उनले गठबन्धन भित्रका नेतालाई वृद्ध भत्ता नबढाएको आक्रोश पनि पोखे । उनले भने ,  'एक जन माननीयले रोष्टमबाट बृद्धाभत्ता ५००० बढाउने कुरा थियो नि भन्दा तपाईँको पार्टी सत्तामा छैन भनेर हामीलाई भन्नुभयो । यति हेक्का हामीलाई पनि छ । यति स्मरण गराउन चाहन्छु तपाईँको  गठबन्धन भित्र तपाई बोलिरहने दलका सदस्य भन्दा हिजो घोषणा पत्रमा  ५००० बढाउँछु भनेर भन्नेको सङ्ख्या बढी छ ।' 

 यो बजेटमा  कार्यान्वयन होला भन्नेमा शङ्का रहेको उनले बताए ।  
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ