- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । दुई पाइलट राख्ने प्रावधान विरुद्ध वायुसेवा सञ्चालक सङ्घ नेपालले आपत्ति जनाएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले भिएफआर उडान सुरक्षा अभिवृद्धि गर्नाका लागि जेष्ठ १७ गते प्रेस विज्ञप्ति प्रकाशित गरेको थियो । बुधवार सङ्घका प्रवक्ता योगराज कँडेल शर्मा ले विज्ञप्ति जारी गर्दै घ्यानाकर्ण जनाएका हुन् ।
एक इन्जिन भएका हेलिकप्टरहरूमा २ जना पाइलट व्यवस्था पुनर्विचार गर्नुपर्ने संघको ठहर छ । नेपालमा सञ्चालनमा रहेका हेलिकप्टरहरू देशका नियामक निकायबाट एकल सञ्चालकका लागि स्वीकृत प्राप्त बायु यान रहेको जानकारी गराएको छ ।
'एक इन्जिन भएका हेलिकप्टरहरू २ जना पाइलट अनिवार्य राख्न पर्ने ववस्थका सम्बन्धमा उत्पादनकर्ता डिजाइन उद्देश्य र अन्तर्राष्ट्रिय प्रचलन प्रतिकुलको व्यवस्थालाई प्राधिकरणले पुनर्विचार गर्नुपर्ने देखिन्छ । नेपालमा सञ्चालनमा रहेका एक इन्जिन हेलिकप्टरहरू उत्पादक कम्पनी र सम्बन्धित देशका नियामक निकायबाट एकल सञ्चालकका लागि स्वीकृत प्राप्त बायुयान रहेको ब्यहोरा जानकारी गराउन चाहन्छौँ । अतः सम्पूण पूर्वधारहरुको उपलब्धता नभई यस किसिमका निर्णयहरु कार्यान्वयन गर्न समस्या हुने ब्यहोरा अवगत गराउन चाहन्छौ। ' विज्ञप्तिमा उल्लेख छ ।
संघको विज्ञप्ति,' सबै वायुसेवाहरू हवाई सुरक्षाका लागि सचेत रहेको र हवाई सुरक्षा अभिवृद्विका लागि उपयुक्त प्रावधानहरूमा यस संघसंग आबद्ध वायुसेवा कम्पनीहरू सधैँ सकारात्मक रहेको सङ्घको ब्यहोरा छ ।' भनिएको छ ।
नेपालमा उड्डयन सुरक्षाकी स्तर बुद्धि गर्ने कार्यमा बायुसेवाहरू अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन तथा नेपाल नागरिक उड्डयन प्राधिकरणवाट जारी गरिएको मापदण्डहरूको पूर्ण परिपालना गर्दै आई रहेको बताएका छन् । अन्ताराष्ट्रिय नागरिक उड्डयन सङ्गठनबाट हालै सम्पन्न सेफ्टि अडिटमा नपाल उड्डयन सुरक्षा स्थिति विश्वैको औरात भन्दा माथि रहेको प्रारम्भिक जानकारी दिइएको हुदां नेपालको हवाई सुरक्षाका स्थाल स्थिति प्रस्ट हुने सङ्घले भनेको छ ।