देहरादून । भारतको राजस्थान, मध्यप्रदेश, बिहार, उत्तरप्रदेश र उत्तराखण्डमा भारी वर्षाले जनजीवन अस्तव्यस्त भएको छ । २४ घण्टाभित्रमात्र २० जनाको मृत्यु भएको छ ।
भारी वर्षापछि घर भत्किदा आइतबार बिहान उत्तराखण्डको गढवाल क्षेत्रमा पाँच जनाको मृत्यु भएको छ ।
दुई जना बगेर बेपत्ता भएका छन् । केही घाइते भएका छन् ।
विपद् व्यवस्थापनका अनुसार यो सिजनमामात्र ४८० जनाको मृत्यु भइसकेको छ ।