arrow

संक्रमित बढ्दो, निको हुने घट्दो 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ १८ बुधबार
corona-omicron-nepal.jpg

काठमाडौं । कोरोना भाइरसको महामारीबाट निको हुने भन्दा संक्रमित हुने बढेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार १५ कोरोना संक्रमित थपिएको जनाएको हो । 

जसमा पीसीआरबाट १२ जना र एन्टिजेनबाट ३ जना संक्रमित थपिएका हुन् । सो दिन निको हुनेको संख्या भने ११ मात्र रहेको छ । 

सक्रिय संक्रमित बढेर ९८ पुगेका छन् । जसमा एन्टिजेनबाट पोजेटिभ पाइएकाको संख्या भने जोडिएको छैन । 

बुधबार थपिएका संक्रमितमा काठमाडौंका ६, धनुषाका २, भक्तपुर, कास्की, रुपन्देही र महोत्तरीका १–१ जना हुन् । 

त्यस्तै थपिएकामा ४१ देखि ५० वर्षका ४ जना तथा २१ देखि ३० र ३१ देखि ४० वर्षका ३–३ जना हुन् । 

हाल काठमाडौंमा १७, भक्तपुरमा ३ तथा ललितपुरमा १ जना सक्रिय संक्रमित रहेका छन् । 

कोरोनाविरुद्धको खोप लगाउने क्रम पनि जारी नै छ । मंगलबार र बुधबार गरी ३ लाख ३ हजार ७५७ जनाले खोप लगाएको पनि मन्त्रालयले जनाएको छ ।   

अहिलेसम्म कोरोनाबाट ११ हजार ९५२ जनाको ज्यान गएको तथ्यांक मन्त्रालयले दिएको भए पनि यो संख्या निकै बढी रहेकोसमेत बताइन्छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ