arrow

फरार प्रतिवादी राना पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ २० शुक्रबार
Tul Bdr rana.jpg

पोखरा । जिल्ला प्रहरी कार्यालय स्याङ्जाले फरार प्रतिवादी एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्याङ्जाको हरिनाश गाउँपालिका वडा नं. ३ का ४१ वर्षका तुलबहादुर राना रहेका छन् । 

प्रहरी प्रवक्ता एवं डिएसपी रवीन्द्र खनालका अनुसार राना गत असोज १९ गते जिल्ला अदालतको फैसलाले हातहतियार तथा खरखजना मुद्दामा पाँच महिना कैद र छ हजार रुपैयाँ जरीवाना तोकिएका थिए । त्यसैदिनबाट फरार भएका रानालाई प्रहरीले बिहीबार पक्राउ गरेको हो । उनी आफ्नै निवासबाट पक्राउ परेका हुन् ।

उनलाई आवश्यक कार्वाहीका लागि अदालत पेश गरेर कैद भुक्तानका लागि जिल्ला कारागार पठाइएको डिएसपी खनालले जानकारी दिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ