arrow

पोखरा-मुग्लिन सडकखण्ड अनिश्चितकालका लागि बन्द

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ २० शुक्रबार
Kotre sadak.jpg

पोखरा । पृथ्वी राजमार्ग अन्तर्गत पोखरा-मुग्लिन सडकखण्ड बन्द हुने भएको छ । सडक आइतबारदेखि अनिश्चितकालका लागि बन्द गर्न लागिएको हो ।

सडक आयोजनाले एक सूचना प्रकाशित गर्दै हरेक राति ११ बजेदेखि ४ बजेसम्म सडक बन्द हुने जनाएको छ ।  

सवारी रोकेर सडक खन्ने कार्य गरिने भएकाले सडक बन्द गर्न लागिएको र यसबाट नागरिकमा परेको असुविधाप्रति आयोजनाले क्षमा याचना गरेको छ ।

आयोजनाका अनुसार तनहुँको याम्पा फाँट र घाँसीकुवामा सडक बन्द गरिनेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ