arrow

एकैदिन चार हजार भन्दा बढीमा संक्रमण

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ २० शुक्रबार
corona-virus-covid-19.jpg

नयाँदिल्ली । भारत बुधबार मध्यराति अर्थात २४ घण्टाको समयावधीमा कोरोना सङ्क्रमितको सङ्ख्या चार हजार ४१ जना थपिएका स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले शुक्रबार जानकारी दिएको छ ।  

बुधबार तीन हजार ७१२ लाई कोरोना सङ्क्रमण भएको थियो । बुधबारको तुलनामा बिहीबार कोरोना सङ्क्रमितको सङ्ख्या करिब एक हजार बढेको छ । गत मार्च ११ मा कोरोना सङ्क्रमितको सङ्ख्या चार हजार १९४ पुगेको थियो । त्यसपछि कोरोनाको सङ्क्रमितको सङ्ख्या घट्दै गएको थियो । 

बिहीरातिसम्म अर्थात २४ घण्टाको समयावधीमा दुई हजार ३३६ जनालाई कोरोना निको भएपछि कोरोनाबाट मुक्त भएकाका कुल सङ्ख्या चार करोड २६ लाख २२ हजार ३९४ पुगेको छ । अहिले कोरोना भाइरस मुक्ति दर ९८.७४ प्रतिशत रहेको छ । 

भारतमा कोरोना शुरुभएदेखि हालसम्म कुल ८५ करोड १७ लाख परीक्षण भएको छ । भारतमा सन् २०२१ जनवरीबाट राष्ट्रव्यापी खोप अभियान शुरु गरिएको थियो । सो समयदेखि हालसम्म एक अर्ब ९३ करोड ८३ लाख भन्दा बढी डोज खोप लगाइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ