arrow

कोरोना संक्रमण बढ्दो क्रममा, सक्रिय संक्रमित थपिए 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ २१ शनिबार
corona-omicron-nepal.jpg

काठमाडौं । कोरोना भाइरसको सङ्क्रमण १६ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले शनिबार सार्वजनिक गरेको बुलेटिन अनुसार दुई हजार १८४ जनामा कोरोना परीक्षण गर्दा १६ जनामा मात्र सङ्क्रमण देखिएको हो । 

मन्त्रालयका अनुसार सक्रिय सङ्क्रमितको सङ्ख्या ११० रहेको छ । विगत २४ घण्टामा नौजनामात्र कोरोनाबाट निको भएर घर फर्किएका छन् । योसँगै निको हुनेको सङ्ख्या नौ लाख ६७ हजार १२८ पुगेको छ । निको हुने दर ९८.८ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

शनिबार सङ्क्रमणबाट कसैको पनि निधन भएको छैन । शून्य सङ्क्रमित हुने ३७ जिल्ला पुगेका छन् । नेपालमा सङ्क्रमण दर १७।१ प्रतिशत छ । नेपालमा प्रतिदश लाखमा ३९३.४ को निधन भएको छ । आज एक लाख ८४ हजार ५२१ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । 

अहिलेसम्म होम आइसोलेशनमा ११० जना रहेका छन् । यो संख्या केही दिनदेखि बढ्दै गएको हो । 

पछिल्ला केही दिनदेखि निको हुने भन्दा संक्रमित हुने बढ्दै गएका छन् । सचेतना भने कम हुँदै गएको छ । 

लापरबाही बढ्दै जाँदा संक्रमण भयाबह हुन सक्ने शंका बढेको छ । 



नयाँ