arrow

इम्बोस्डमा राजनीति

गगन थापा भन्छन् - दण्ड जरिवानाकाे डर देखाएर नागरिकलाई तर्साउने ?

यातायात मन्त्रालयले सजिलो तर गलत बाटो समात्यो 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ २३ सोमबार
gagan-thapa-budget-parliament.jpg

काठमाडौं । नेपाली कांग्रेसका सांसद गगन थापाले इम्बोस्ड नम्बर प्लेटलाई लिएर असन्तुष्टि व्यक्त गरेका छन् । प्रतिनिधि सभाको आजको बैठकमा बोल्दै थापाले यातायात मन्त्रालयले सजिलो तर गलत बाटो समातेको बताएका छन् ।

कांग्रेस महामन्त्री समेत रहेका थापाले भने,' यातायात मन्त्रालयले गएको मङ्सिर १ गतेदेखि जुन जुन प्रदेशको नाम टुङ्गिएको ती ती प्रदेश को यातायात कार्यालयमा दर्ता भएका सवारी साधनहरूमा इम्बोस्ड नम्बर प्लेट लगाउने निर्णय गरायो । त्यो निर्णय कार्यान्वयन हुन सकेन । किन हुन सकेन भनेर समीक्षा गरेर सच्याउनु पर्ने कुरा सच्याउनुपर्ने ठाउँमा यातायात मन्त्रालयले सजिलो तर गलत बाटो समातेको छ । त्यो भनेको दण्ड जरविनाको डर देखाएर नागरिकहरूलाई तर्साउने ।'

गएको राजपत्रमा प्रकाशित सूचनामा बाग्मती र ग‌ण्डकीको कार्यालयमा दर्ता भएका सवारीसाधनहरूले असार मसान्त भित्र इम्बोस्ड नम्बर प्लेट लिएनन् भने साउन १ गतेदेखि सवारी यातायात व्यवस्था बमोजिम कारबाही हुन्छ भनेको छ । अर्थात् श्रावण १ भित्र बाग्मती र गण्डकी प्रदेशभित्र चल्ने सवारी साधनहरूमा इम्बोस्ड नम्बर प्लेट लागु भइसकेको हुनपर्छ । 

थापा भन्छन्,' मङ्सिर १ देखि गर्न भनेको काम सम्बन्धित कार्यालयले गरेन । यातायात विभागको महानिर्देशक यसो भन्नु हुन्छ । जुन कार्यालयले गरेन त्यो कार्यालयमा ताकेता गर्ने हो कि ? नागरिकलाई तर्साउने ? कमी कमजोरी जसले गर्‍यो त्यसले सजाय प्राप्त गर्ने हो कि नागरिकले दुख पाउने ? अबको १५ महिनामा २५ लाख सवारी साधनमा जोड्ने भनिन्छ । दिनको ५ हजार ५०० कसरी सम्भव छ ?' 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ