arrow

भारतमा ४५ सय संक्रमित थप, नौ को मृत्यु 

logo
सिन्ह्वा,
प्रकाशित २०७९ जेठ २३ सोमबार
corona-new-virus.jpg

नयाँ दिल्ली । भारतमा कोरोना भाइरसबाट थप ४५ सय भन्दा बढी संक्रमित भएका छन् । पछिल्लो २४ घण्टामा चार हजार ५१८ जना कोरोना भाइरसबाट संक्रमित भएको संघीय स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

योसँगै भारतमा अहिलेसम्म कुल संक्रमितको सङ्ख्या चार करोड ३१ लाख ८१ हजार ३३५ पुगेको अधिकारीहरूले जनाएका छन् ।

त्यसैगरी कुल मृतकको सङ्ख्या पाँच लाख २४ हजार ७०१ पुगेको र ती मध्ये नौ जनाको पछिल्लो एक दिनमा मृत्यु भएको मन्त्रालयले जनाएको छ । 

भारतमा अहिले २५ हजार ७८२ जना संक्रमित अवस्थामै रहेका छन् । यो सङ्ख्या अघिल्लो दिनको तुलनामा एक हजार ७३० जना बढी हो ।     



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ