arrow

ज्येष्ठ नागरिकलाई देखिने समस्या र समाधान [फोटोफिचरसहित]

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ २३ सोमबार
285943753_729348361547442_3823792103207110186_n.jpg

काठमाडौं । उमेर ढल्दै गएपछि तागत घट्दै जान्छ । तागत घट्दै गएपछि शरीरले पनि साथ दिन छाड्छ । बुढ्यौली लागेपछि हुने समस्या यही नै हो । 

अझ त्यसमाथि रोगले नै च्याप्यो भने त झन् कल्पना गरिनसक्नुका रोगले मर्नु न बाँच्नु गराउँछ । त्यसैले पनि बेलैमा सचेत हुनुपर्ने र स्वस्थ्य खानपिन र रहनसहनमा जोड दिइन्छ । 

तर बाँचुन्जेल कोही पनि सकुन्जेल चुप लागेर पक्कै बस्दैन । त्यस्ता बेलामा के गर्ने भन्ने बारेमा वीर अस्पतालको नर्सिङ क्याम्पस स्नातक दोस्रो वर्षका विद्यार्थीहरुले प्रदर्शनी आयोजना गरेका छन् । 

एक दिने प्रदर्शनीको प्रचारप्रसार हुन नसके पनि कम्तीमा ज्येष्ठ नागरिकलाईसमेत सेवा गरिरहन पर्ने विद्यार्थीहरुले व्यवहारमा उतार्दै गए भने समाजमा देखिएको समस्या केही हदसम्म पुरिने विश्वास गर्न सकिन्छ । 

नर्सिङ विद्यार्थीहरुले शैक्षिक करिकुलम अन्तर्गत नै यो प्रदर्शनी आयोजना गरेको विद्यार्थी धना अधिकारीले बताइन् । उनले भनिन्, ‘बैशाखी, लठ्ठी, ह्विलचेयरको प्रयोगदेखि कसरी के के गर्ने भन्ने बारेमा देखाइएको छ । साथै बुढ्यौली लागेपछि कस्ता किसिमका रोग लाग्छन् र त्यतिबेला के के गर्नुपर्छ भन्नेसमेत देखाइएको छ ।’

साथै उनले अस्पतालमा र्यापिड ओपीडी हुने भएकाले पनि बिरामी, वृद्धवृद्धाहरु सबैले आएर प्रदर्शनी हेर्न सक्ने भएकाले आयोजना गरिएको बताइन् ।

वीर अस्पतालको नयाँ भवनको पहिलो तल्लामा आयोजना गरिएको चेतनामूलक प्रदर्शनीका लागि स्नातक दोस्रो वर्षका ३९ जना विद्यार्थीले मेहनत गरेका हुन् । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ