arrow

माछापुच्छ्रे बैङ्कद्वारा विश्व वातावरण दिवस २०२२ को उपलक्ष्यमा वृक्षारोपण

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ २२ आइतबार
mbl-csr-chandragiri-plantation.jpg

काठमाडौँ। माछापुच्छ्रे बैङ्क लिमिटेडले विश्व वातावरण दिवस २०२२ को उपलक्ष्यमा आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत जेठ २२ गते चन्द्रागिरि नगरपालिका वडा नं.०३ स्थित सेती देवी,दुमाल डाँडा,जेसिज वनमा वृक्षारोपण गरेको छ।

बैङ्कले सफा, सुन्दर र हरितमय वातावरण बनाउन जेसिज थानकोट र लुम्बिनी वर्ल्ड पिस फोरम सँगको सहकार्यमा दश लाख वृक्षारोपण अभियान अन्तर्गत विश्व वातावरण दिवसको अवसरमा उक्त वृक्षारोपण कार्यक्रममा सहभागी भएको हो।

माछापुच्छ्रे बैङ्कले विशुद्ध बैङ्किङ सेवाको साथमा आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत यसअघि पनि विभिन्न सङ्घ सस्ताहरूलाई सहयोग गर्दै आएको थियो। त्यस्तै बैङ्कले विभिन्न समयमा देशमा आइपर्ने प्राकृतिक विपत्तिहरूमा पनि सरकारलाई सहयोग गर्दै आएको छ।

माछापुच्छ्रे बैङ्कले हाल देशका ७ वटै प्रदेशमा १६५ शाखा, ८ एक्सटेन्सन काउन्टर, १६६ शाखारहित बैङ्किङ सेवा, २०५ एटिएम मार्फत १३ लाखभन्दा बढी ग्राहकहरूलाई सेवा प्रदान गर्दै आइरहेको छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ