- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । पछिल्ला केही दिनयता छिमेकी मुलुकमा बढेको सङ्केत गरेको कोरोना भाइरसको संक्रमण नेपालमा पनि बढ्न थालेको सङ्केत गरेको छ ।
अर्को छिमेकी मुलुक चीनमा हप्तौँको लकडाउन अहिले केही खुकुलो हुन थालेको छ । भारतमा संक्रमण बढेको सङ्केतले नेपालमा पनि संक्रमण झन् बढ्ने चिन्ता हुन थालेको छ।
यसबीच पछिल्लो २४ घण्टामा देशभर थप २८ जना नयाँ संक्रमित थपिएका छन् । पछिल्लो साताहरूमा दैनिक १० भन्दा कम संक्रमित थपिँदै आएको अवस्थामा पछिल्ला केही दिनयता नयाँ थपिने संक्रमितको सङ्ख्या बढ्न थालेको हो ।
यस अवस्थामा ९ जना संक्रमणमुक्त भएका छन् । पीसीआरबाट ७ र एन्टीजेनबाट २१ जनामा संक्रमण पुष्टि भएको हो ।
कुल ३ हजार ३ सय ७६ जनाको नमुना परीक्षण गरिएको थियो । हाल सक्रिय संक्रमितको सङ्ख्या १ सय ७ रहेको छ ।
भारतमा हिजो करिब २ हजार र अस्ति (आइतबार) करिब १७ सय नयाँ संक्रमित थपिएका छन् ।