arrow

रेल दुर्घटनामा १७ को मृत्यु, ५० बढी घाइते

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ २५ बुधबार
iran train accident.jpg

काठमाडौं । पूर्वी इरानमा बुधबार बिहान रेल दुर्घटना हुँदा कम्तीमा १७ जनाको मृत्यु भएको र ५० बढी घाइते भएको त्यहाँको राज्य टेलिभिजनले जनाएको छ । घाइते हुनेमा केहीको अवस्था रहेको र मृत्यु हुनेको संख्या बढ्न सक्ने बताइएको छ । दुर्घटनाको कारण खुल्न नसकेको बताइएको छ ।

मरुभूमि शहर ताबास नजिकै बिहानको अन्धकारमा रेलमा रहेका सातमध्ये चारवटा गाडी पटरीबाट खसेको रिपोर्टले जनाएको छ। एम्बुलेन्स र तीन हेलिकप्टरमार्फत दुर्घटना भएको ठाउँमा उद्धार टोली पुगेको थियो ।

दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको बताइएको छ । यसअघि इरानमा सन् २०१६ मा दर्जनौंको ज्यान लिने गरी रेल दुर्घटना भएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ