arrow

भारतमा ४१ प्रतिशतले बढ्यो कोरोना संक्रमण

logo
एएनआई,
प्रकाशित २०७९ जेठ २५ बुधबार
corona-virus-covid-19.jpg

नयाँ दिल्ली । भारतमा मङ्गलबार मध्यराति अर्थात २४ घण्टाको समयावधीमा थप पाँच हजार २३३ जना कोरोना संक्रमित भएका केन्द्रीय स्वास्थ्य र परिवार कल्याण मन्त्रालयले बुधबार जानकारी दिएको छ । 

सोमबार, भारतमा थप तीन हजार ७१४ जनालाई कोरोना संक्रमण भएको थियो । मङ्गलबार वृद्धि भएका यो कोरोना संक्रमितहरु मध्ये महाराष्ट्रका एक हजार ८८१ जना रहेका थिए । यो सङ्ख्या फेबु्रअरी १८ यताकै उच्च हो ।

सोमबाार तुलना मङ्गलबार कोरोना संक्रमणमा ४१ प्रतिशतले बृद्धि भएको समाचारमा जनाइएको छ । हाल भारतमा कोरोनाका सक्रिय संक्रमित सङ्ख्या २८ हजार ८५७ रहेका छन् । सक्रिय संक्रमितको यो सङ्ख्या भारतमा हालसम्म भएका कोरोना संक्रमितको ०.०७ प्रतिशत भएको जनाइएको छ ।
 
सोमबार मध्यरातिसम्म अर्थात २४ घण्टाको समयावधीमा तीन जार ३४५ लाई कोरोना निको भएपछि कोरोनाबाट मुक्त भएकाका कुल सङ्ख्या चार करोड २६ लाख ३६ हजार ७१० पुगेको छ । अहिले कोरोना भाइरस मुक्ति दर ९८.७२ प्रतिशत रहेको छ । 

भारतमा कोरोना शुरुभएदेखि हालसम्म कुल ८५ करोड ३५ लाख परीक्षण भएको छ । भारतमा सन् २०२१ जनवरीबाट राष्ट्रव्यापी खोप अभियान शुरु गरिएको थियो । सो समयदेखि हालसम्म एक अर्ब ९४ करोड ४३ लाख २६ हजार ४१६ हजार खोप लगाइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ