arrow

सीजी डिजिटलको सबैभन्दा ठूलाे शोरुम जोरपाटीमा (फोटो फिचरसहित)

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ २५ बुधबार
cg-jorpati-showroom.jpg

काठमाडौं । सीजी डिजिटल प्रिमियम मल्टि ब्रान्ड इलेक्ट्रोनिक्सको २१ औं शोरुम जोरपाटीमा खुलेको छ । बुधबार चौधरी ग्रुपका म्यानेजिङ डाइरेक्टर निर्वाण चौधरीले औपाचारिक रुपमा नेपालको सबैभन्दा ठूलो शोरुमको नयाँ शाखा उद्घाटन गरेका हुन् ।

विभिन्न शहरका २० स्थानबाट सेवा दिँदै आइरहेको सीजी मल्टि ब्रान्ड इलेक्ट्रोनिक्सले काठमाडौंको प्रमुख स्थान जोरपाटीमा आफ्ना ग्राहकलाई लक्षित गर्दै २१ औं शोरुम सञ्चालनमा ल्याएको हो ।

शोरुममा सीजी इलेक्ट्रोनिक्स अन्तर्गतका प्रतिष्ठित ब्रान्डहरु एलजी, सीजी, गोदरेज, टीसीएल, सेन्सेइ, केन्ट, पिजन, एलिका, ब्ल्याक प्लस डेकर, बेको र माइडियाका ७ सय भन्दा बढी घरासयी उपकरणहरु उपलब्ध रहेका छन् ।

नयाँ शोरुम सञ्चालनमा ल्याएको अवसरमा कम्पनीले आफ्ना उपकरणहरु खरिद गर्दा ग्राहकलाई विशेष छुट एवं ‌आकर्षक उपहारसमेत प्रदान गर्ने भएको छ ।

यस्तै कम्पनीले फ्री डेलिभरी, लोयल्टी प्रोग्राम, फ्री माइक्रोवेभ ओभन, कुकिङ क्लास डेमो, शून्य प्रतिशत ब्याज दरमा किस्ता बन्दी, एक्सचेन्ज अफरजस्ता सुविधासमेत उपलब्ध गराएको छ ।

आगामी दिनहरुमा समेत ग्राहकवर्गको सहजताका लागि थप स्थानमा शोरुम विस्तार गर्ने कम्पनीले जनाएको छ । सीजीले अत्याधुनिक प्रविधिसहित घरायसी प्रायोजनका लागि उच्चतम गुणस्तरीय उपकरणहरु उपलब्ध गराउँदै आएको छ ।

सीजी डिजिटलको २० औँ शोरुम बसुन्धरामा, सामान किन्दा पाँच करोड बढीको उपहार [फोटोफिचरसहित]



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ