arrow

विनोद शाही मृत्यु प्रकरणले अछाममा तनाव 

कांग्रेस एमालेबीच आरोप प्रत्यारोप : अनेरास्ववियूद्वारा अछाम बन्द 

logo
सुनिल आउजी,
प्रकाशित २०७९ जेठ २५ बुधबार
binod-sahis.jpg

धनगढी । अछामको पञ्चदेवल विनायक नगरपालिका–४ मा १५ वर्षीय विनोद शाही मृत प्रकरणलाई लिएर अनेरास्ववियूले अछाम जिल्ला बन्द गरेको छ । अनेरास्ववियूले घटनाको सत्य तथ्य पत्ता लगाउन माग गर्दै आज बिहानै देखि बन्द घोषणा गरेको हो ।

शाही मृत अवस्थामा फेला परेको ५ दिनसम्म पनि शव उठाउन सकिएको छैन। विनोद शाहीको हत्या अभियोगमा ५ जना पक्राउ परेका छन् ।

स्थानीय तथा विद्यार्थी नेताहरू आन्दोलित बनेपछि जिल्लाका व्यवसाय, शैक्षिक संस्था, सरकारी कार्यालय र यातायात पूर्ण रूपमा बन्द रहेका छन्। बन्दका कारण सदरमुकाम मङ्गलसेन बजार सुनसान रहेको छ। 

बिहानैदेखि शैक्षिक संस्था, बजार र यातायात बन्द रहेका छन्। शाहीको न्यायका पक्षमा बन्दको आह्वान भएकाले बेलुकी ५ बजेसम्म बन्द जारी रहने अनेरास्ववियू अछामका सचिव भीम बडाहितले बताए।

यस्तै जिल्ला स्थित प्रमुख राजनीतिक दल नेपाली कांग्रेस र नेकपा एमालेले मङ्गलवार छुट्टाछुट्टै विज्ञप्ति जारी गरी घटनाको सत्य तथ्य छानबिन गरी दोषीमाथि कारबाही र पीडितलाई न्याय दिन माग गरेका छन्। 

नेकपा एमालेले शाहीको हत्या प्रहरी प्रशासनको बलमा नेपाली कांग्रेसका कार्यकर्ताहरूबाट भएको आरोप लगाएको छ भने नेपाली कांग्रेसले उक्त आरोपको खण्डन गरेको छ। पाँच दिनदेखि हराइरहेका शाहीको शव गाउँकै भिरमा जेठ २१ गते भेटिएको थियो।

आज मात्रै अछाम घटनाको सत्य तथ्य पत्ता लगाइ दोषी माथि कारबाही गर्न सभामुखले सरकारलाई निर्देशन दिएका छन्  । प्रतिनिधि सभामा  सांसद यज्ञ बहादुर बोगटीले  विशेष समय लिएर पीडित पक्षले जाहेरी दर्ता गर्ने पक्षमा अघि बडेको र जाहेरी दर्ता गर्न शवको पोष्ट मार्ट म गरियोस् भनेर ध्यानाकर्षण गराएका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ