arrow

दिव्यमणी राजभण्डारीले सोधे – सांसदले दोहोरो तलब भत्ता लिन पाउने कि नपाउने ?  

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ २६ बिहिबार
divyamani-2079-02-26.jpg

काठमाडौं । नेपाली कांग्रेसका सांसद दिव्यमणी राजभण्डारीले सांसदहरुले दोहोरो लाभ लिन पाउने कि नपाउने भनी प्रश्न गरेका छन् । प्रतिनिधि सभाको बिहीबारको बैठकको शून्य समयमा बोल्दै उनले त्यस्ता सांसदले दोहोरो लाभ लिन पाउने कि नपाउने भन्दै स्पष्टीकरण दिन कानून मन्त्रीलाई अनुरोधसमेत गरेका छन् । 

उनले भनेका छन्, कुनै नाफामुलकका व्यवसायी संस्थाहरु जस्तै कानून, व्यापार, उद्योग, शैक्षिक, वित्तीय अन्य कम्पनीका प्रोप्राइटर, पार्टनर, संचालक, सल्लाहकार सबै एनजीओ आईएनजीओबाट तलब, भत्ता सुविधा लिइ दोहोरो फाइदा लिनेहरु र पक्का लाभ लिएका व्यक्तिहरु प्रचलन काूनन बमोजिम सांसद भइराख्न पाउने वा नपाउनेबारे स्पष्टीकरण दिन माननीय कानून मन्त्रीज्यूलाई अनुरोध गर्न चाहन्छु ।’

उनले सार्वजनिक बिदा दिने सम्बन्धमा पनि सरकारलाई सुझाउ दिएका छन्, ‘सार्वजनिक बिदाको बारेमा सरकारलाई निवेदन गर्न चाहन्छु कि बिदा दिने वा कटाउने आफू खुशी नगरी सरकारले उपयुक्त, नियम, कानून बनाइ दीर्घकालीन समयसम्म लागू हुने गरी बिदा सम्बन्धी व्यवस्था गर्न परिपाटी बसाउन सरकारको ध्यानाकर्षण गर्न चाहन्छु । कानूनभन्दा माथि कोही छैन भन्ने कुराको प्रत्याभूति गर्न व्यवस्था मिलाउन यो सरकारलाई निवेदन गर्दछु ।’ 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ