arrow

शुरु भयो नारायगणढ–मुग्लिनमा बर्खे रोग 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ २६ बिहिबार
mugling-narayangadh-pahiro-2079.jpg

चितवन । बर्खा लागेसँगै पहाडी क्षेत्रका राजमार्गमा बाढी पहिरो जान थालेपछि यात्रुले सास्ती पाउन शुरु भएको छ । नारायणगढ–मुग्लिन सडक खण्ड र पृथ्वी राजमार्गमा पानी पर्ने बित्तिकै पहिरो जाने समस्याले यात्रुहरुले सास्ती खेप्न बाध्य छन् ।

पहिरोले सडक अवरुद्ध हुँदा सवारी साधनको लामो लाइन लाग्ने गर्छ । बुधबार रातिदेखि अवरुद्ध नारायणगढ–मुग्लिन सडक र मुग्लिन–नौविसे सडक बिहीबार दिउँसोमात्र सञ्चालनमा आयो । चितवनमा पर्ने सबै राजमार्ग सामान्य रुपमा सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता नरहरि अधिकारीले जानकारी दिएका छन् । 

तर बर्खा लाग्नासाथ यी राजमार्गमा निकै ठूला सास्ती यात्रुले खेप्नुपर्छ । इच्छाकामना गाउँपालिका–६ तोपेखोलास्थित नाम्सी पुलमा पहिरो खसेका कारण बुधबार रातिदेखि सडक अवरुद्ध भएको थियो । 

त्यस्तै, इच्छाकामना–४ स्थित नाग्दीखोला र इच्छाकामना–५ स्थित कालिखोलामा बुधबार राति ११ः१५ बजेदेखि पहिरो खसेका कारण नारायणगढ–मुग्लिन सडक र मुग्लिन–नौबिसे सडक दुईतर्फी अवरुद्ध भएको थियो ।

बिहीबार दिउँसोदेखि दुवै सडक खण्डमा गाडी सञ्चालनमा आएको प्रवक्ता अधिकारीले बताए । अहिले पानी परेको छैन । पानी पर्ने वित्तिकै पहिरो जाने जोखिम रहेकाले संयमित भएर सवारी साधन चलाउन प्रहरीले आग्रह गरेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ