arrow

तितौरा खाएर अचेत बनेका दुई विद्यार्थी अस्पतालमा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ २६ बिहिबार
titaura.jpg

पोखरा । बजारको तितौरा खाँदा दुई विद्यार्थी अस्पतालमा पुगेका छन् । धर्मस्थली आधार विद्यालयका कक्षा ३ मा पढ्ने दुई बालिकाहरु तितौरा खाएपछि अचेत बनेका थिए । कक्षा शुरु हुनुअघि नै तितौरा खाएर बेहोस भएपछि उनीहरुलाई अस्पताल लगिएको थियो । 

अस्पतालमा नसाबाट औषधि चढाएपछिमात्र उनीहरुको होस खुलेको विद्यालयकी एक शिक्षिकाले बताइन् । उनकाअनुसार आकृति तामाङ र दिलमाया तामाङ बिरामी परेका हुन् । 

उनीहरुको रगत र पिसाबको परीक्षणको रिपोर्ट आउन बाँकी रहेकाले स्वास्थ्य अवस्थाबारे अझै यकिन भन्न नसकिएको चिकित्सकलाई उधृत गर्दै ती शिक्षिकाले बताइन् । बालिकाहरु अहिले खतरामुक्त छन् । 
 



नयाँ