arrow

प्रधानमन्त्रीले प्रेस युनियनका अध्यक्षलाई दिए बधाई

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ २७ शुक्रबार
badri-sigdels.PNG

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल प्रेस युनियनका अध्यक्ष बद्री सिग्देललाई अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ (आइएफजे)को कार्यकारी सदस्यमा निर्वाचित भएकामा बधाई दिएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटमा प्रधानमन्त्री देउवाले उनलाई बधाई तथा शुभकामना दिँदै नेपाल सरकार सदैव प्रेस स्वतन्त्रता र नागरिक अधिकारका पक्षमा प्रतिबद्ध रहेको बताए । 

प्रधानमन्त्री देउवाले प्रेस युनियनले श्रमजीवी पत्रकारका पक्षमा गर्दै आएको काम सराहनीय भएको उल्लेख गर्दै युनियनको विश्व मञ्चमा प्रतिनिधित्व हुनु अझ खुशीको कुरा हो भने । 

साथै, उनले सरकार सञ्चारकर्मीलाई निष्पक्ष, स्वतन्त्र र भयरहित रुपमा काम गर्ने वातावरण ग्यारेण्टीका लागि सधैँ तयार रहेको विश्वाससमेत दिलाए । 

अध्यक्ष सिग्देलले आइएफजेमा निर्वाचित भएपछि आफू थप जिम्मेवारीका साथ भूमिका निर्वाह गर्ने बताउँदै नेपाली श्रमजीवी पत्रकारको हकहितका सन्दर्भमा प्रधानमन्त्री देउवाको ध्यानाकर्षण गराएका थिए ।

युनियनका अध्यक्ष सिग्देल ओमानको राजधानी मस्कटमा हालै सम्पन आइएफजेको विश्व कंग्रेसबाट एसिया प्यासिफिकअन्तर्गत दक्षिण एसियाबाट कार्यकारी सदस्यमा निर्वाचित भएका हुन् । 

आजै राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र परराष्ट्रमन्त्री डा नारायण खड्काले पनि उनलाई बधाई दिएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ