arrow

खोलाले बगाएर एक जनाको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ २८ शनिबार
child-death-sink-pond.jpg

तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिका-१० स्थित बामताङ खोलाले बगाएर एक जनाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा शुक्लागण्डकी-१० कुखुरेखोला बस्ने ५० वर्षीया यामबहादुर विक रहेको इलाका प्रहरी कार्यालय बेलचौताराले जनाएको छ । 

शुक्रबार राति घर जाने क्रममा बामताङ खोलामा आएको भेलले बगाउँदा बेपत्ता भएका विकको शव आज बिहान फेला परेको कार्यालयका प्रहरी निरीक्षक भोजराज पाण्डेले जानकारी दिए । 

बगाएको स्थानदेखि सात सय मिटर तल घोप्टो अवस्थामा विकको शव फेला परेको बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ