arrow

'सत्तापक्षका धेरै साथीहरूलाई मै मन्त्री, प्रधानमन्त्री हुँ भन्ने लागेको छ'

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ २९ आइतबार
bhanubhakta-dhakals.PNG

काठमाडौं । नेकपा एमाले संसदीय दलका सदस्य भानुभक्त ढकालले मन्त्री र प्रधानमन्त्रीलाई मागिएको जवाफको उत्तर सत्तापक्षका सांसदले नदिन सुझाव दिएका छन् । प्रतिनिधि सभाको आजको बैठकमा बोल्दै सत्तापक्षका धेरै साथीहरूलाई मै मन्त्री, प्रधानमन्त्री हुँ भन्ने लागेको बताए । 

ढकालले भने,' मलाई एउटा रमाइलो लागेको छ । संसद्मा छलफलको क्रममा यो नीति कार्यक्रम बजेट विनियोजनको बारेका छलफल हुन्छ । प्रतिपक्षका माननीय ज्यूहरू यहाँ आउनुहुन्छ । आफ्नो धारणा राख्नुहुन्छ । धारणा राख्ने बित्तिकै सत्तापक्षका धेरै साथीहरूलाई मै प्रधानमन्त्री हुँ, मै मन्त्री हुँ भन्ने लागेको छ । आएर माननीय ज्यूले नै मन्त्री तथा प्रधानमन्त्रीको तर्फबाट जबाफ दिनुहुन्छ । यसले संसदीय व्यवस्थाको गरिमालाई उच्चै बनाएको होला भन्ने म ठान्दछु ।'

 उनले जबाफ मन्त्रीसँग मागिएको तर सांसदहरू अघि बढेको बताए । उनले प्रतिपक्षका सांसदहरूले सत्तापक्षका सांसदहरूसँग प्रश्नको जबाफ नमागेको सुनाए । उनले भने,' प्रतिपक्षका सांसदहरूले सांसदहरूसँग प्रश्नको जबाफ मागेका छैनन् । हामीले मन्त्री र प्रधानमन्त्रीलाई जवाफ मागेका छौ । यदि सत्तापक्षका साथीहरूलाई केही लागेको हो भने १ गते सम्म जुन मन्त्री र प्रधानमन्त्रीले जवाफ दिने समय छुटाइएको छ । सत्तापक्षका सांसदहरूले जबाफ दिएर त्यो कार्यक्रम संशोधन गर्नका लागि पनि सुझाव दिन्छु ।' 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ