arrow

भारतमा साढे आठ हजार संक्रमित थपिए

logo
एएनआई,
प्रकाशित २०७९ जेठ २९ आइतबार
corona-virus-covid-19.jpg

नयाँ दिल्ली । भारतमा शनिवार मध्यराति अर्थात् २४ घण्टाको समयावधिमा आठ हजार ५८२ कोरोना संक्रमित भएका केन्द्रीय स्वास्थ्य र परिवार कल्याण मन्त्रालयले आइतबार जानकारी दिएको छ ।
 
हाल भारतमा सक्रिय संक्रमितको सङ्ख्या ४४ हजार ५१३ रहेका छन् । यो कुल संक्रमितको ०।०६ प्रतिशत भएको जनाइएको छ । 

शनिवार मध्यरातिसम्म अर्थात् २४ घण्टाको समयावधिमा चार हजार ४३५ लाई कोरोना निको भएपछि कोरोनाबाट मुक्त भएकाका कुल सङ्ख्या चार करोड ३० लाख भन्दा बढी पुगेको छ । अहिले कोरोना भाइरस मुक्ति दर ९८।७१ प्रतिशत रहेको छ । 

कोरोना महामारीको कारण  भारतमा पाँच लाख २४ हजार ७५७ जना पुगेका छन् । भारतमा कोरोना शुरु भएदेखि हालसम्म कुल ८५ करोड ४५ लाख भन्दा बढी व्यक्तिको परीक्षण भएको छ ।

भारतमा सन् २०२१ जनवरीबाट राष्ट्रव्यापी खोप अभियान शुरु गरिएको थियो । सो समयदेखि हालसम्म एक अर्ब ९५ करोड ७ लाख भन्दा बढी डोज खोप लगाइएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ