arrow

सीमामा शान्ति कायम गर्न भारत–चीनबीच १५ चरणमा वार्ता

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ ३० सोमबार
india-china1.jpg

काठमाडौं । दुई देशबीचको सीमामा शान्ति कायम गर्न चीन र भारतले अहिलेसम्म कमाण्डर स्तरमा १५ चरणको वार्ता गरिसकेका छन् । तरपनि दुई देशका सीमामा अशान्ति बढ्दो छ । 

चिनियाँ रक्षामन्त्री जनरल वेई फेङ्गले सीमा क्षेत्रमा शान्ति स्थापनका लागि विभिन्न चरणमा कमान्डर स्तरमा वार्ता भएको बताएका छन् । उनले दुवै देशले वास्तविक नियन्त्रण रेखामा शान्ति स्थापना गर्ने दिशामा काम गरिरहेको बताएका हुन् । 

सिंगापुरमा आयोजित सांग्रिला संवादमा सम्बोधन गर्दै फेङ्गले यस क्षेत्रमा शान्ति कायम गर्नु भारत र चीन दुवैको आपसी हितमा रहेको र त्यसका लागि दुवै पक्ष सहमतिमा पुग्न निकै प्रयासरत रहेको बताए ।

एलएसीमा भएका द्वन्द्वबारे रक्षामन्त्री फेङ्गले भने, ‘हामीले भारतीयहरूसँग कमाण्डर स्तरमा १५ चरणको वार्ता गरेका छौं  । हामी यस क्षेत्रमा शान्ति स्थापना गर्न मिलेर काम गरिरहेका छौँ ।’ तर, फेङ्गले चीनले आफ्नो क्षेत्रमा भारतीय स्वामित्वका हतियार फेला पारेको दाबी गर्दै भारतले सीमापार मानिससमेत पठाएको आरोप लगाए ।

‘ हामीले भारतीय पक्षको स्वामित्वमा रहेका धेरै हतियार फेला पारेका छौं । उनीहरूले मानिसहरूलाई चिनियाँ भूभागमा पनि पठाएका छन्’ फेङ्गले भने । इन्डो प्यासिफिक क्षेत्रमा उसको सक्रियतालाई लिएर उनले अमेरिकाको समेत आलोचना गरे । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ