arrow

किसानलाई मार्न पाइन्न

कृषि मन्त्रीमाथि खनिइन् पार्वती - तपाईँहरू जस्तै मन्त्रीले गर्दा प्रधानमन्त्रीले काम गर्न सक्नु भएन

कांग्रेसको नेतृत्वमा सरकार छ मल दिनुपर्छ, किसानलाई मार्न पाइन्न

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ ३० सोमबार
parbati-jici-mahinda.jpg

काठमाडौं ।  नेपाली कांग्रेसकी सांसद पार्वती जीसी चौधरीले तपाईँहरू जस्तै मन्त्री भएकाले हाम्रो सभापतिले काम गर्न सक्नु भएको छैन भन्दै  कृषि मन्त्री महिन्द्र राय यादव माथि आक्रोश पोखेकी छन् । सांसद विशाल भट्टराईले ल्याएको सार्वजनिक महत्त्वको प्रस्तावमा बोल्दै उनले भनिन् हिजो प्रधानमन्त्री ज्यूले भन्नुभयो गठबन्धन सरकार भएकाले धेरै कामहरू मैले गर्न पाइन । तपाईँहरू जस्तै मन्त्री भएकाले आफ्नो सभापतिले प्रधानमन्त्री काम गर्न सक्नु भएको छैन । 

उनले बजेट छलफलको समय कृषि मन्त्रीलाई नदेखेको बताइन् । उनले भनिन्,' बजेट माथि छलफल हुँदा कृषि मन्त्री ज्यू गायब हुनुहुन्थ्यो  र आज फेरी आउनुभएको छ । के प्रश्न गर्‍यौ  वहाँले प्रत्यक्ष सुन्न पाउनु भएन । यो सदनप्रतिकै अपमान हो । यस्तो बेलामा जानु ठिक होइन विदेश किन जाने आज किसानले मल पाइ रहेका छैनन् । आज यो प्रस्ताव आयो ।' 

उनले जुनसुकै मन्त्रालयले काम गर्न नसके पनि त्यसको दोष नेतृत्व गर्ने पार्टीलाई आउने बताइन् । उनले भनिन्,' वेइजत हाम्रै कांग्रेसलाई हुन्छ नि । नेतृत्व त कांग्रेसको छ । त्यस कारण कांग्रेसको नेतृत्व सफल पार्न गठबन्धनले पनि राम्रो मन्त्री दिनुपर्‍यो । कहिले जसपा केपी ओलीको नेतृत्वमा खुट्टो उचाल्दै जाने । फेरी यता आउँदा पनि खुट्टो उचाल्दै आउने जहाँ हुँदा पनि मन्त्री भइरहने । अरू त सांसद नै होइनन् जस्तो । हामीहरू यति धेरै सांसद छौ । त्यही एउटै मान्छे जहाँ जाँदा पनि मन्त्री भइरहने । हाम्रा दलका नेताहरूलाई के त्यस्तो मोहनी छ । वहाँहरूलाई मात्र पठाउनुहुन्छ । '

उनले कांग्रेस सरकारले मल दिनुपर्न र किसानलाई मार्न नपाइने बताइन् । उनले भनिन्,' कांग्रेसको नेतृत्वमा सरकार छ मल दिनुपर्छ । किसानलाई मार्न पाइन्न । ती किसानले खेती बाली गर्न पाएन भने मर्दैन उसका बाल बच्चा भोकै ?'



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ