arrow

केपी ओलीले रअ प्रमुखलाई राति भेटेजस्तै वर्तमान सरकारले कसैलाई भेटेको छैन : दिव्यमणी राजभण्डारी

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ ३० सोमबार
divyamani-rajbhandari-parliament-2079.jpg

काठमाडौं । नेपाली कांग्रेसका सांसद दिव्यमणी राजभण्डारीले अमेरिकी अधिकारीहरु नेपाल आएर गरेको भेट पारदर्शी भएको बताएका छन् । उनले  संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा एमालेका सांसदहरुले अमेरिकी अधिकारीहरु नेपाल आएर शीर्ष नेताहरुलाई भेटघाट गरेको विषयमा प्रश्न उठाएपछि सो जवाफ दिँदै भेट पूर्णरुपले पारदर्शी भएको बताएका हुन् । 

उनले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय ‘रअ’ प्रमुखलाई रातिको समयमा बालुवाटारमा भेटेको जस्तो वर्तमान सरकारले कसैलाई नभेटेको दाबीसमेत गरेका छन् ।

सांसद राजभण्डारीले भने, ‘अमेरिकी अधिकारी नेपाल आएको पारदर्शी छ । रातारात खुफिया प्रमुखले हेड अफ दि गभरमेन्टलाई आएर भेटेको जस्तो छैन । सबै पारदर्शी छ, यसबारे अनावश्यक आशंका गरिरहन पर्दैन ।’

उनले आगामी असार २८ गते प्रधानमन्त्री शेरबहादुर देउवा अमेरिका जाने सुनेको बताउँदै यो सामान्य प्रक्रिया भएको बताए । उनले भने, ‘यो नर्मल प्रोसेस हो ।’ 

पाँच हजार अमेरिकी सेना गुप्तरुपमा नेपालमा बसेको भन्ने एमाले सांसद मोहन बानियाँको दाबीबारे सांसद राजभण्डारीले भने, ‘कुन देशको कति इन्टेलिजेन्स छ, यो हामीले सबै सेक्टरमा हेर्नुपर्छ । व्यापारको नाममा आएको अरु सेक्टर पनि हेर्नुपर्छ । एउटा सेक्टरमा मात्रै चार्ज गर्न हुँदैन ।’


उनले रुस–युक्रेन युद्धमा नेपालले युक्रेनको पक्षमा बोलेर हतार गरेको एमाले सांसदहरुको भनाइप्रति स्पष्ट पार्दै भने, ‘युक्रेनबारे नेपालको टिप्पणी मानवीयताको कुरा हो । युद्धको पक्षमा नेपाल रहन सक्दैन ।’
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ