- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
जनकपुर । जनकपुरधाम उपमहानगरपालिका नम्बर २३ का वडा अध्यक्ष राघवेन्द्र साहले अतिक्रमित वेलाकुट्टी जग्गाको स्थलगत अनुगमन निरीक्षण गरि रहेको बखत हातहतियार सहित आक्रमण भएको छ ।
रामायणकालीन राम जानकी दुल्हा भगवान् कट्टी अधीनस्थ जग्गामा गुठीका प्रमुखसँगको मिलेमतोमा आर्थिक चलखेल गरी गराई अतिक्रमण र बेचबिखन गराउने अनिल दास, सन्तोष साह, सुरेश साह र वेचत मण्डल नामका भुमाफियाले नेतृत्वको समूहले वडाध्यक्ष साह माथि हमला गराएको आरोप लगाएका छन् ।
गुठी संस्थान जनकपुरका कार्यालय प्रमुख वैकुण्ठ रेग्मीले भू-माफियालाई उकसाएर सून्यिोजि रूपमा उक्त आक्रमण गराइएको प्रत्यक्ष दर्शीहहरुले बताए ।
जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २३ मा अवस्थित राम जानकी दुल्हा भगवान् कुटीमा अतिक्रमण गरी बसेका अतिक्रमणकारीहरूको घर भत्काउन पुगेका वडा नम्बर २३ का स्थानीय वासीहरूबिच मुठभेड भए पछि सोही वडा का नव निर्वाचित वडा अध्यक्ष राघवेन्द्र साहको पहलमा तनाव पूर्ण अवस्थालाई सहज बनाइएको थियो ।
अतिक्रमणकारी र स्थानीय वासीबीचको तनावलाई सहज बनाउनका लागि वडा अध्यक्ष साहले सो कुराको जानकारी सिडिओ,एसपी,र गुठीका केन्द्रीय अध्यक्ष र जनकपुरधामका प्रमुखलाई अवगत गराए पछि सिडिओले अतिक्रमण जग्गा खाली गराउनका लागि सूचना जारी गर्न आदेश दिए पछि मिति २०७९ साल जेष्ठ १६ गते ७ दिने सूचना प्रकाशित गरी अतिक्रमणकारीहरूलाई आफूसँग कुनै प्रमाण भए वडा कार्यालयमा बुझाउन आग्रह गरेका थिए ।
साथै कुनै प्रमाण न भए अतिक्रमित जग्गा १५ दिन भित्र खाली गर्न सूचना टाँस गरिएको थियो ।
सूचनाको म्याद ३० गते पुग्न लागे पछि वडा अध्यक्ष साहको नेतृत्वमा गुठीका प्रमुख वैकुण्ठ प्रसाद रेग्मीलाई उनको कार्यकक्षमा भेट्न जाँदा प्रमुख रेग्मी कार्यकक्षमा नभएको र पछि फोन सम्पर्क हुँदा विवाह मण्डपमा बोलाएर छलफल हुँदा उनले ३० गते ६ बजे स्थलगत अनुगमको लागि वेलाकुट्टीमा बोलाएका थिए ।