arrow

चीनमा वर्षाबाट ८० हजारभन्दा बढी प्रभावित

logo
सिन्ह्वा,
प्रकाशित २०७९ जेठ ३१ मंगलबार
flood-china.JPG

नानचाङ । पूर्वी चीनको जियाङ्सी प्रान्तमा परेको अविरल वर्षाले ८० हजारभन्दा बढी सर्वसाधारण प्रभावित भएका छन् । 

आइतबारदेखि परेको झरिले चार हजार दुई सय हेक्टर जमिनमा लगाइको बालीमा पूर्णरूपले क्षति भएको अधिकारीहरूले बताएका छन् । 

स्थानीय अधिकारीहरूका अनुसार बाढी नियन्त्रणका लागि आपत्कालीन प्रक्रिया प्रारम्भ गरिएको छभने उद्धारका काम पनि द्रुत गतिमा भइरहेका छन् । 

हालसम्म छ हजार नौसय ९० जनालाई सुरक्षित स्थानमा स्थानन्तरण गरिसकिएको छ । 

आगामी सातासम्म जियाङ्सी प्रान्तका केही स्थानमा भारी वर्षा हुने अनुमान मौसम विज्ञान विभागले गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ