arrow

विधायन समितिमा पुग्यो विधेयक

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ ३१ मंगलबार
gandaki-pradesh.JPG

पोखरा । गण्डकी प्रदेशसभाको आजको बैठकले गण्डकी प्रदेशमा पर्यटन क्षेत्रलाई व्यवस्थित गर्न बनेको विधेयक विधायन समितिमा पठाएको छ ।

बैठकमा प्रदेशका पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्ति व्यवस्थामन्त्री मणिभद्र शर्माले विधेयक दफावार छलफलका लागि विधायन समितिमा पठाइयोस् भन्दै गरेको प्रस्तावलाई बैठकले सर्वसम्मत स्वीकृत गरेको हो ।
    
यसअघि विधेयकमाथिको सामान्य छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री शर्माले पर्यटन क्षेत्रका सम्बद्ध सबैसँग छलफल गरी विधेयक ल्याइएको बताए । सभामा सामान्य छलफलका क्रममा प्राप्त सुझावलाई आत्मसात् गर्दै अघि बढ्ने उनले बताए ।

छलफलमा प्रदेशसभा सदस्य विकास लम्सालले गण्डकी प्रदेश पर्यटनका धेरै सम्भावना बोकेको स्थल भएको उल्लेख गर्दै यसको विकासले समृद्धि र विकासका ढोका खुल्ने बताए । प्रकृति र संस्कृति यहाँको पर्यटनको महत्त्वपूर्ण पक्ष रहेको उल्लेख गर्दै उनले यसलाई आयआर्जनसँग जोड्न सकिने धारणा राखे । 

प्रदेशसभा सदस्य ललितकला गुरुङले गण्डकी प्रदेश पर्यटनका लागि सम्भावनाको क्षेत्र भएकाले  यसलाई व्यवस्थित बनाउनका लागि विधेयक महत्त्वपूर्ण बन्ने विश्वास व्यक्त गरे । पर्यटकीय सम्भावनाको प्रदेशमा विधेयक आउन भने ढिलो भएको उनको भनाइ थियो ।

प्रदेशसभा सदस्य दीपक कोइरालाले सन् १९५० पछि नेपालमा व्यावसायिक पर्यटनको सुरुआत भएकाले पर्यटनलाई आयआर्जनसँग जोड्दै अघि बढ्नुपर्नेमा जोड दिए । पर्यटनलाई व्यावसायिक बनाउन उपलब्ध प्राकृतिक स्रोत साधनको उपयोग गर्दै अघि बढ्नुपर्ने उनले बताए ।

प्रदेशसभा सदस्य पियारी थापाले पर्यटनबाट समृद्धि हासिल गर्नका लागि हाम्रा सम्पदाको संरक्षण र उपयोग हुन नसकेको धारणा राखे । गण्डकीमा पर्यटनले प्राथमिकता पाउँदा पाउँदै पनि त्यसका लागि लगानी तथा कानुन निर्माणको विषय प्राथमिकतामा नपरेको उनको भनाइ थियो । प्रचारप्रसारसँगै लगानीको वातावरण तयार गर्नुपर्ने उनले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ