arrow

प्रदीप ज्ञवालीले भने- एसपीपीलाई लिएर नेपाली समाज त्रसित छ

छिमेकीको ढोकै नेर गएर यो गतिविधि गर्ने ?

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार १ बुधबार
pradeep-gyawali3.jpg

काठमाडौं । नेकपा एमालेका सांसद प्रदीपकुमार ज्ञवालीले नेपाल र अमेरिकाबीच स्टेट पार्टनरशिप प्रोग्राम (एसपीपी) लाई लिएर नेपाली समाज त्रसित भएको बताएका छन् । 

प्रतिनिधि सभाको विशेष समयमा बोल्दै ज्ञवालीले भने,' विभिन्न मिडियाहरूमा ड्राफ्ट सार्वजनिक भएको छ।  नेपाल र अमेरिकाबीच स्टेट पार्टनरशिप प्रोग्राममा (एसपीपी) को मस्यौदा सार्वजनिक भएसँगै नेपालको सिंगो समाज चिन्तित त्रसित  गम्भीर रूपले आशङ्कित छ । कम से कम यो हद सम्म सरकार पुग्ला भनेर कसैले अपेक्षा गरेको थिएन ।' 

ज्ञवालीले नेपालको परराष्ट्र नीति बाह्य सम्बन्ध वर्तमान सरकारले चालिरहेका केही कदमहरूले आशङ्काहरू उत्पन्न गरेका भन्दै ध्यानाकर्षण गराए । 

पूर्व परराष्ट्र मन्त्री समेत रहेका उनले भने,' नेपालको संविधान परराष्ट्र नीति संयुक्त राष्ट्र सङ्घको बडापत्र असंलग्नता र विश्व शान्तिका मान्यताहरू छन् । नेपालको राष्ट्रिय हितलाई संवर्द्धन गर्नु मूल दायित्व हो । हामीले युगौँ देखि दृढता पूर्वक कर्वनयन गरेका कारण आज नेपाल नेपालका रूपमा छ । सार्वभौम छ।। तर पछिल्लो समय सरकारले हस्ताक्षर गर्न तयार रहेको भनिएको डकुमेन्टले गम्भीर प्रश्न उठेको छ ।',

उनले एसपीपीको ड्राफ्टलाई लिएर प्रश्न उठाए । उनले भने,' ड्राफ्टमा नेपाली सेनालाई देशको एउटा स्टेटको नेश्नल गार्डको समकक्षी भन्ने ठानेको छ । के नेपाली सेना जसले देशको अखण्डताका लागि सीमा रक्षाका लागि इतिहासमा गौरवपूर्ण भूमिका खेल्दै आएको छ । त्यो कुनै देशको स्टेटको नेश्नल गार्डको समकक्षी हो ? नेपाली सेनाको यो हद सम्मको अपमानको कुरा सरकारले कुन हिसाबले परिकल्पना गर्‍यो ?' 

उनले भने,' नेपाली शान्ति सेनामा गएका छन् । के अब हामी अन्तर्राष्ट्रिय शान्तिका लागि साझेदारी बढाउँदै अघि बढ्न थालेका हौ ? हो भने कसको नेतृत्वमा नेपाली सेना यो अँगालेर अगाडि बढ्न खोज्दै छ । त्यस बाहेक नेपाली भूभाग देशको नेश्नल गार्डलाई स्थायी संरचनाहरू बनाउन युद्ध र सैन्य सामग्री चलाउन सुरक्षा प्रदान गर्नुपर्ने । नेश्नल गार्डको सुरक्षाको जिम्मा सरकारले लिनुपर्ने । त्यो कता जाने भन्दा उत्तर तिरको छिमेकीको ढोकै नेर गएर यो गतिविधि गर्ने । के गर्न खोजिँदै छ सभामुख महोदय ? '

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ