arrow

भारतमा उर्लदै कोरोना, एकैदिन थपिए १२ हजार बढी संक्रमित 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार २ बिहिबार
corona-india-3rddose.JPG

काठमाडौं । भारतमा कोरोना भाइरसबाट थप १२ हजार २१३  जना सङ्क्रमित भएका छन् । बुधबार मध्यरात अर्थात गत २४ घण्टाको समयाअवधिमा भएको कोरोना सङ्क्रमति यो सङ्ख्या तीन महिनापछिको नै धेरै हो । 

यस वर्षको फेब्रुअरी २६ मा भारतमा ११ हजार ४९९ कोभिड–१९ सङ्क्रमित थपिएका थिए ।  गत बुधबार भारतमा   आठ हजार ६४१ जना कोरोना सङ्क्रमित भएका थिए ।  भारतमा हाल कोरोनाका कुल सङ्क्रमितको सङ्ख्या ४ करोड ३२ लाख ५७ हजार ७३० पुगेको छ । 

यसमध्ये ५८ हजार २१५ सक्रिय सङ्क्रमित रहेका समाचारमा जनाइएको छ ।  सक्रिय सङ्क्रमितको यो सङ्ख्या कुल सङ्क्रमितको ०।१३ प्रतिशत हो । 

पछिल्लो एक दिनमा सात हजार ६२४ कोरोना भाइरसबाट सङ्क्रमणमुक्त भएको जानकारी दिएको छ । योसँगै भारतमा अहिलेसम्म सङ्क्रमणमुक्त भएकाको कुल सङ्ख्या चार करोड २६ लाख ७४ हजार ७१२ पुगेको छ । कोरोना भाइरस निको भएको यो दर ९८।६५ प्रतिशत रहेको छ । 

कोरोना महामारीबाट बुधबार भारतमा ११ जनाको मृत्यु भएको छ । यसैसँगै कोरोना शुरु भएबाट हालसमम भारतमा  ५ लाख २४ हजार ८०३ जनाको मृत्यु भएको समाचारमा जनाइएको छ ।

भारतमा  सन् २०२१ को जनवरी महिनाबाट कोरोना भाइरसविरुद्ध खोप अभियान शुरु भएको थियो । सो समयदेखि हालसम्म एक अर्व ९५ करोड ६७ लाख डोज खोप लगाइएको समाचारमा जनाइएको छ । 



नयाँ