arrow

ताप्लेजुङमा पहिरोले बगाउँदा सासु-बुहारी बेपत्ता

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार ३ शुक्रबार
landslide-2.jpg.jpeg
फाइल तस्बिर

ताप्लेजुङ । ताप्लेजुङको सिरीजङ्घा गाउँपालिका–७ खेवाङमा गए राति झरेको पहिरोमा पुरिएर सासु र बुहारी बेपत्ता भएका छन् । 

वर्षासँगै राति करिब साढे ८ बजे झरेको पहिरोमा पुरिएर तुलसा अधिकारी र यशोदा अधिकारी बेपत्ता भएका हुन् । 

तुलसा सासु र यशोदा बुहारी हुन् । यशोदाका श्रीमान् विष्णु अधिकारी भने भागेर ज्यान जोगाउन सफल भएको स्थानीयवासीले बताएका छन् । 

पहिरोले अधिकारीका दुईवटै घर बगाएको छ भने नजिकै रहेका पशुचौपायसमेत पुरेको बताइएको छ । थप विवरण आउन बाँकी छ । 

अत्यधिक वर्षाका कारण जिल्लाका विभिन्न ठाउँमा ठुल्ठूला पहिरो झरेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ