arrow

संस्कृति मन्त्री आलेको अर्को ससांस्कृतिक अश्लील गालीकाण्ड बाहिरियो

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार ३ शुक्रबार
prem-aale-new.jpg

काठमाडौं। भारतमा रहेका एक एमाले कार्यकर्तालाई मनपरी गाली गरेर विवादमा मुछिएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले फेरी अर्को काण्ड मच्चाएका छन् । मन्त्री आलेले नेपाल एयरलाइन्सका अध्यक्षलाई गाली गलौज र हातपात गरेका छन् । 

आलेले आफ्ना पार्टीका कार्यकर्तालाई आफूले भनेको जागिर नलगाइदिएको भन्दै नेपाल एयरलाइन्सका अध्यक्ष युवराज अधिकारीलाई फोनमा अश्लील गाली र भेटमा हातपात गरेको अडियो सार्वजनिक भएको छ । 

मन्त्री आलेले नेपाल एयरलाइन्समा नियुक्तको लागि केही कार्यकर्ता पठाएका थिए तर अध्यक्ष अधिकारीले पठाएका व्यक्तिलाई जागिर नदिएको भन्दै मन्त्री जाइलागेका हुन् । अध्यक्ष अधिकारीले केहीलाई जागिर लगाइदिए पनि केहीलाई लगाउने प्रक्रियामै छन् ।

समाजिक सञ्जालमा सार्वजनिक भएको अडिओमा आलेले अब नगर्नुहोस् है तपाईँ। पर्दैन, तपाईँले गर्न घण्टा गर्ने भन्दै अश्लील शब्द बोलेका छन् । उनले एयरलाइन्सका अध्यक्षको कार्यकक्षमा पुगेर मोबाइल स्विच अफ गर् तेरो पहिला भन्दै अश्लील शब्द बोल्दै जाइलागेको सुनिन्छ । 

अडिओ सार्वजनीक भएसँगै मन्त्री आलेको चौतर्फी राजीनामको माग भएको छ ।  

अडिओ
अधिकारी : हेलो। 
आले : हेलो। 
अधिकारी : हजुर मन्त्रीज्यू, नमस्कार। 
आले : नमस्कार। अब नगर्नुहोस् है तपाईँ। पर्दैन, तपाईँले गर्न। 
अधिकारी : किन नि के गरिनँ र ?

आले : घण्टा गर्ने ...सोमबार, सोमबार 
अधिकारी : होइन, उ...माग्नुपर्‍यो नि त्यो तलबाट। 
आले : पर्दैन, पर्दैन माग्नु। पर्दैन। 
अधिकारी : ...यति–यति चाहियो भनेर। आले : पख, पर्दैन, पर्दैन। पर्दैन गर्नु अब। 

कार्यकक्षमा हातपात
अधिकारी : मन्त्रीज्यू, नमस्कार। 

आले : मोबाइल स्विच अफ गर् तेरो पहिला। स्विच अफ गर्।

आले : चोर...। के गर्छस् तैँले ? मेरो के घण्टा गर्छस् तैँले ? के गर्छस् ?
 : मन्त्रीज्यू नगर्नुहोस्। मन्त्रीज्यू नगर्नुहोस्। 

अर्को व्यक्ति : मन्त्रीज्यू प्लिज।...मन्त्रीज्यू नगर्नुहोस्। 
आले : सेन्टरमा तान्दिन्छु भोलि। ...
अधिकारी : मिलाउँछु भनिसकेँ त। 
आले : तैँले के गर्छस् ?
अधिकारी : मैले गर्छु भनिसकेँ त अनि। भइहाल्यो त। 
आले : कति चोटि भन्ने ? कति चोटि भन्ने ? कति चोटि भन्ने ? हँ ? भन् त ?

अधिकारी : छैन, छैन। केही छैन। 
आले : स्विच अफ गरेर अगाडि राखिदे। तेस्रो व्यक्ति : अफै गर्दिनु ? हस्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ