arrow

उत्तर कोरियामा रहस्यमय आन्द्रा सम्बन्धी समस्याको प्रकोप फैलियो

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार ३ शुक्रबार
north-korea-kim-jong-un-pendamic.jpg

काठमाडौं । उत्तर कोरियाली नेता किम जोङ उन र उनका अन्य वरिष्ठ अधिकारीहरूले आन्द्राको अज्ञात किसिमको समस्याबाट फैलिएको प्रकोपबाट पीडित ८०० परिवारलाई सहयोग पठाएको छ ।

कोभिड१९ महामारीको पहिलो लहरसँग उत्तर कोरिया लडिरहेका बेला देशमा आन्द्रा सम्बन्धी समस्याको अर्को प्रकोप फैलिएको हो ।

उत्तर कोरियाले यसै हप्ता खुलासा कोभिड१९ महामारीको सामना गरेपछि 'चरम इन्टरिक प्रकोप'को अवस्थामा रहेको जनाएको छ ।

उत्तर कोरियाले आन्द्रा सम्बन्धी समस्या के हो भने विस्तृत रूपमा बताएको छैन । तर, इन्टरिकले ग्यास्ट्रोइंटेस्टाइनल ट्र्याक्ट सम्बन्धी समस्यालाई जनाउँछ ।

कोरिया सेन्ट्रल न्युज एजेन्सी (केसीएनए)ले भनेको छ, 'हेजु सहर र काङ्ग्रीओङ काउन्टी (दक्षिण ह्वाङ्घाई प्रान्त)का मानिसहरूलाई सहयोग पुर्‍याउन महामारीको उपचार र जीवन जोगाउन लागि आवश्यक औषधि, खाद्यवस्तु र दैनिक उपभोग्य सामग्रीहरू अधिकारीहरूले तयार पारेका छन्।'

नेता किमले अधिकारीहरूलाई जनताको दुर्भाग्य र पीडालाई सकेसम्म चाँडो कम गर्ने काममा आफ्नो कर्तव्य पूरा गर्न आह्वान गरेका छन् ।

बिहीबार अन्तर कोरियाली मामिलाहरू ह्यान्डल गर्ने दक्षिण कोरियाको एकीकरण मन्त्रालयका एक अधिकारीले भने सियोलले हैजा वा टाइफाइड भएको शङ्कास्पद प्रकोपको निगरानी गरिरहेको बताएका थिए ।

दक्षिण ह्वाङ्घाई प्रान्त उत्तर कोरियाको प्रमुख कृषि क्षेत्र हो । यो प्रकोपले उठाएको चिन्ताले कोभिड १९ संक्रमणको लहरका बीच दीर्घकालीन खाद्यान्न अभाव थप्न सक्छ। 

उत्तर कोरियाले परीक्षण क्षमताको कमीको कारणले ज्वरोका लक्षणहरू भएका बिरामीहरूलाई कोभिड१९ संक्रमणको सूचिमा राखिरहेको छ ।

केसीएनएले शुक्रवार थप २३ हजार १ सय ६० जनामा ​​ज्वरोको लक्षण देखिएको जानकारी दिएको छ । अप्रिलको अन्त्यदेखि हालसम्मको कुल यस्ता लक्षण देखिनेको सङ्ख्या ४५ लाख ८० हजार नाघेको छ भने, यससँगै संलग्न ७३ जनाको मृत्यु भएको छ ।



नयाँ