arrow

पोखरामा करेन्ट लागेर एक जनाको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार ३ शुक्रबार
current-socked.png

पोखरा । पोखरामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा महानगरपालिका वडा नं. १४ छिनेडाँडाका ४७ वर्षीय भक्तबहादुर पोखरेल रहेका छन् । 

आज बिहान ८ः५० बजे छिनेडाँडास्थित खाल्टे मसिनामा विजुलीको पोलमा चढेको बेला उनलाई करेन्ट लागेको थियो । 

करेन्ट लागेर गम्भीर घाइते भएका पोखरेलको उपचारको क्रममा गण्डकी मेडिकल कलेजमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरीक्षक एवं निमित्त प्रवक्ता ज्ञानबहादुर खड्काले जानकारी दिए । 

घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रवक्ता खड्काले बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ