arrow

इटालीमा शक्तिशाली भूकम्प

logo
प्रकाशित २०७३ भदौ ८ बुधबार
earthquakes.png
रोम । इटालीमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । मध्य इटालीको पेरुगिया नजिकै ६.४ म्याग्नेच्यूडको शक्तिशाली भूकम्प गएको अमेरिकी जिओलोजिकल सर्भेले जनाएको छ ।
 
भूकम्पको केन्द्रबिन्दू परुगियादेखि ७६ किलोमिटर टाढा स्थानीय समय अनुसार बिहान ३.३६ मिनेटमा गएको हो ।
 
यसको गहिराई १० किलोमिटरमात्र रहेकाले ठूलै क्षति भएको हुनसक्ने आँकलन गरिएको छ ।
 
सो भूकम्पपछि सो क्षेत्र वरिपरि अरु भूकम्पका धक्कासमेत महसुस भइरहेको रोयटर्सले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ