विवेकशील अध्यक्ष कर्मा भन्छिन् – विकासका लागि नीतिगत तहमै काम थाल्नुपर्छ [भिडियो अन्तर्वार्तासहित]
हाम्रा कुरा
प्रकाशित २०७९ असार ४ शनिबार
1.1k
Shares
काठमाडौं । विगत एक दशकदेखि राजनीतिमा होमिएकी नेपाल विवेकशील पार्टीकी अध्यक्ष कर्मा लामा तामाङले काठमाडौं क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दिने तयारी गरेकी छिन् ।
राजनीतिक क्षेत्रमा शिक्षित र सबल नेतृत्व आउनुपर्छ भन्ने विश्वास राख्ने कर्माले राजनीतिमा होमिने उद्देश्यका साथ नै राजनीति र अन्तर्राष्ट्रिय सम्बन्धको अध्ययन थालेकी थिइन् । हाल उनी बेलायतको युनिभर्सिटी अफ बर्मिङ्घममा राजनीति शास्त्रमा पीएचडीको क्रममा छिन् ।
नेपालको अस्तव्यस्त राजनीतिक व्यवस्थालाई बुझेकी अध्यक्ष कर्माले देश विकासको लागि नीतिगत तहमै काम थाल्नुपर्ने बताउँछिन् । नेपालको राजनीतिका बारेमा हाम्राकुराले गरेको कुराकानीमा यसो भन्छिन् कर्मा