arrow

पोखरामा स्वीमिङ पुलमा डुबेर एक किशोरको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार ४ शनिबार
Cm Swimming Pool.jpg

पोखरा । पोखराको तेर्सापट्टीस्थित सिएम स्वीमिङ पुलमा डुबेर शनिबार एक किशोरको ज्यान गएको छ । मृत्यु हुनेमा पोखरा महानगरपालिका वडा नं. ५ मालेपाटन बस्दै आएका पर्वतका दिपेश शर्मा रहेका छन् । 

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार सिएम स्वीमिङ पुलमा दिउसो करिब ४ बजेतिर पुगेका शर्माको डुबेर मृत्यु भएको हो । आमाको साथमा त्यहाँ पुगेका शर्मा एक्कासी स्वीमिङ पुल भित्र खसेर डुबेको बताइएको छ ।

उनलाई तत्कालै उद्धार गरी फिस्टेल हस्पिटल पुर्याइएपनि चिकित्सकले मृत घोषणा गरेको कास्की प्रहरीका निमित्त प्रवक्ता एवं प्रहरी निरीक्षक ज्ञानबहादुर खड्काले जानकारी दिए । घटनाको थप अनुसन्धान भइरहेको उनले बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ