arrow

मोदीको मातृभक्ति, सय वर्ष लागिन् हीराबेन

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार ४ शनिबार
narendra-modi-mother-111.jpg

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी एक संस्कारी प्रधानमन्त्री हुन् । उनले आफ्नो कर्तव्य कहिल्यै भुल्दैनन् । विशेषगरी उनको मातृभक्तिप्रति सबै नतमस्तक भएका हुन्छन् । 

शनिबार पनि उनले त्यसै गरे । उनकी आमा हीराबेनको जन्मदिनमा उनी अहमदाबाद पुगे । उनले हीराबेनका गोडा धोए । त्यसपछि उक्त पानीले आँखा धोए ।

मोदीले आफ्नी आमासँग बसेर पूजा गरे । आमालाई सल ओढाए र उनको आशीर्वाद लिए । मोदीले आमालाई जन्मदिनमा मिठाइ खुवाएर मुख मीठो बनाइदिइन् । 

हीराबेन सय वर्षमा प्रवेश गरेकी छिन् । यही मौकामा मोदीले आफ्नी आमाका खुट्टा धोएर मातृभक्ति देखाएका हुन् ।  


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ