arrow

एसपीपीलाई लिएर सत्ता साझेदार तीन दलले प्रधानमन्त्रीलाई भेट्दै 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार ५ आइतबार
deuba-prachanda-nepal-yadav.jpg

काठमाडौं । सत्ता साझेदार तीन दलका शीर्ष नेताले प्रधानमन्त्री शेरबहादुर देउवालाई आज भेट्दै छन् । 

अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)लाई लिएर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री देउवालाई भेट्न लागेका हुन् । 

भेटमा प्रधानमन्त्री देउवालाई एसपीपी खारेजी र श्वेतपत्र जारी गर्न आग्रह गर्ने भएका छन् । एसपीपी वा कुनै पनि सैन्य साझेदारीसँग जोडिएका सम्झौता नगर्ने भनेर जनतामाझ स्पष्ट पार्न सत्ता साझेदार दलले दबाब दिनेछ । 

नेपाल र अमेरिकाबीच एसपीपीका लागि पूर्व प्रधानसेनापति राजेन्द्र क्षेत्रीले अमेरिकालाई लेखेको पत्र बाहिरिएको छ । 

प्रधानमन्त्री देउवाले एसपीपीमा नेपाल नजाने भनेर प्रतिनिधि सभामा भनेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ