arrow

इटालीमा गएको भूकम्पमा परि मृत्यु हुनेको संख्या १० पुग्यो

logo
प्रकाशित २०७३ भदौ ८ बुधबार
Earthquake_italy.jpeg
काठमाडौं। इटालीमा बुधबार बिहान गएको ६.२ म्याग्नेच्युडको शक्तिशाली भूकम्पमा परि मृत्यु हुनेको संख्या १० पुगेको छ । अन्य थुप्रै मानिसहरू भग्नावशेषमा पुरिएको हुनसक्ने स्थानियलाई उद्रित गर्दै डेली मेलले जनाएको छ। 
 
भूकम्प परूगियादेखि ७६ किलोमिटर टाढा केन्द्रविन्दु बनाएर स्थानीय समय अनुसार बिहान ३.३६ मिनेटमा गएको अमेरिकी जिओलोजिकल सर्भेले जनाएको छ ।
 
“चार जना मानिसहरू भग्नावशेषमा च्यापिएका छन् तर उनीहरू जीवित छन् भन्ने आशा छैन,” सहरका मेयर स्टेफानो पेट्रुसीले भने।
 
भूकम्पका कारण अमाट्रिसस्थित एक गाउँमा घरहरू ढलेका छन् र त्यसमा मानिसहरू पुरिएका कारण ठूलो मानवीय क्षति हुनसक्ने जनाइएको छ। “विभिन्न ठाउँमा पहिरो गएको र पुलहरू भत्किएको हुनसक्छ,” अर्का मेयर सर्जियो पिरोजीले भने।
 
मध्य इटालीमा बस्ने लिना मर्केनटिनीले भने, “यो एकदमै शक्तिशाली थियो। खाट पनि कोठामा हिडेको जस्तो लाग्यो”।
 
प्रधानमन्त्रीका प्रवक्ताले आधिकारिक टुइटर मार्फत सरकार मानव संरक्षण निकायसँग सम्पर्कमा रहेको जनाएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ